Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि एमालेले राष्ट्रियसभा अवरुद्ध गरेपछि आइतबार सम्मका लागि बैठक स्थगित


    शुक्रबार, असार २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज (शुक्रबार) पनि नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

    आज बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

    त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार