Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो


    बुधबार, भाद्र ३१ २०७७
    560
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जापान। कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ । 

    अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आएपनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको अंक फराकिलो हुँदै गएको जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । 

    एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ । तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुबै २० प्रतिशतभन्दा बढीले खस्किएको छ । यही कारण जापानको व्यापार बचत झण्डै २० प्रतिशतले वृद्धि भएर करिब ३ अर्ब ५० करोड डलर पुगेको छ । 

    धेरै जापानी निर्माताहरुले चीनमा निर्माण हुने सामानका लागि रसायन र उपकरणहरु लगायत उपलब्ध गराउँछन् । मजबुत निर्यातले हालका वर्षहरुमा जापानको अर्थतन्त्र माथि उकास्न ठूलो सहयोग पु¥याएको छ तर पछिल्ला वर्षहरुमा चीनको अर्थव्यवस्था सुस्त भएपछि र महामारीले सिर्जना गरेको विषम परिस्थितिले जापानको निर्यात व्यापारमा पनि असर परेको छ । 

    चीन, अमेरिका र युरोपमा महामारीसँग सम्बन्धित बन्दाबन्दी केही खुकुलो भएसँगै निर्यातमा भएको गिरावट कम हुँदै गएको छ । निर्यातमा मे महिनामा २८ प्रतिशत, जुनमा २६ प्रतिशत र जुलाईमा १९ प्रतिशतले घटेको थियो ।

    अगष्टमा निर्यात ४९ अर्ब डलर भएकोमा आयाततर्फ ४७ अर्ब डलरमात्र भएको थियो जसबाट बचत २ अर्ब ४० करोड डलर भएको थियो । 

    अगष्टमा अधिकांश श्रेणीका उत्पादनहरूको व्यापारमा गिरावट आएको छ जबकी यातायातका साधनहरूको निर्यात जस्तै सवारी सवारीसाधनको निर्यातमा २३ प्रतिशतले गिरावट आएको छ । तर, कम्प्युटर र फोनको निर्यात बढेको छ । 

    दक्षिणपूर्व एशियाली मुलुकहरुतर्फको निर्यातमा निकै कमी आएको छ र यो झण्डै २४ प्रतिशतले घटेको वित्त मन्त्रालयको भनाई छ । कडा प्रतिबन्ध र क्वारेन्टिनका बीच व्यापार र पर्यटन गतिविधि सुस्त भएकाले पनि निर्यात घटेको हो । 

    व्यापार बचत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तेल, ग्यास र अन्य ईन्धनको आयातमा ४५ प्रतिशतले घटेको छ । समग्रमा, आयात निरन्तर १६ महिनादेखि घट्दोक्रममा रहेको छ । 

    क्यापिटल इकनामिक्सका टम लियरमाउथका अनुसार पछिल्ला कमजोरीका बाबजूद निर्यातका लागि माग बढ्न थालेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार