Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण नगर्न मन्त्रालयकाे निर्देशन


    बुधबार, भाद्र ३१ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पीसीआर नगराउने निर्णय गरेको प्रक्वता डा.प्रा जागेश्वर गौतमले बताए।

    कोरोना संक्रमणको जस्तै लक्षण देखिएका व्यक्तिको मृत्यु भएमा स्वाब संकलन गरेर परीक्षण हुने गरेको थियो । प्रा.डा. गौतमले अबदेखि शवबाट नमुना निकाली कोरोना परीक्षण नगर्न र नगराउन आग्रह गरे ।

    शकांस्पद मानिसको मृत्यु भएमा शव व्यवस्थापन गर्ने सबै मानिसलाई सावधानी अपनाउन र सम्पर्कमा आएकाहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न उनले आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार