Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण


    बुधबार, भाद्र ३१ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिकास्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

    यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

    दिपायलमा शुरुमा १८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    शुरुमा संक्रमण देखिएको पाँच दिनपछि क्लोज कन्ट्याक्टमा रहेका सैनिकको पिसिआर जाँच गरिएको थियो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा उनीहरुरुको स्वाव परीक्षण गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार