Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुणस्तर हेरेर मात्रै स्यानिटाइजर प्रयोग गर्न अपिल


    बुधबार, भाद्र ३१ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । औषधी व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।  बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो ।

    अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर विक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गरे ।

    उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरे । विभागमा दर्ता भए÷नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार