Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित


    बुधबार, भाद्र ३१ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५ सय ५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, मंगलबार नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३ सय ७१ जनाको मृत्यु भएको छ। 

    प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १ हजार ६२ जना घर फर्किएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार