काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुन: दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।
यसअघि असार ११ गते सरकारको नीतिविपरीत चलेको भन्दै अधिकारीसँग ९ बुँदे स्पष्टीकरण सोधिए पनि जवाफ नआएपछि दोस्रो पटक जवाफ मागिएको हो ।
७ दिनभित्र जवाफ दिन निर्देशन दिइए पनि अधिकारीले बेवास्ता गरेपछि मन्त्री किरातीले पुन: स्पष्टीकरण सोधेका हुन् । दोस्रो पटक सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहल, काठमाडौंका महानिर्देशक श्री प्रदिप अधिकारीबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र निजबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहल, काठमाडौंका महानिर्देशक श्री प्रदिप अधिकारीलाई पत्राचार गर्न निर्णयार्थ पेस गरेको छु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend