Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार थपिए १५ सय ३९ कोरोना संक्रमित, संक्रमित संख्या अहिलेसम्मकै धेरै


    बुधबार, भाद्र ३१ २०७७
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार कोरोना भाइरसका १ हजार ५ सय ३९ जना संक्रमित थपिएका छन् एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै धेरै हाे। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार