Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेसहित विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागेपछि सत्तारुढ दलको बैठक जारी


    बिहिबार, असार २१ २०८०
    930
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेपछि छलफल गर्न सत्तारुढ दलको बैठक बसेको छ। आज बिहान बालुवाटारमा सरकारमा सहभागि ७ दलको बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    एमालेसहित राप्रपा र रास्वपाले प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद् चल्ने नदिने अडान राखेका छन्। सोहि विषयमा छलफल गर्न बालुवाटारमा बैठक बोलाइएको हो।

    सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका शीर्ष नेता सहभागी छन्।

    बुधबार संसद बैठकमा बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले देशको स्वाभीमानमा आँच आउने गरि खेदपूर्ण अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताएका थिए । उनले भने ‘यो प्रधानमन्त्रीको निजी विषय होइन । भारतको इसारामा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति सामान्य विषय होइन ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताए। उनले प्रधानमन्त्री दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।

    गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। प्रचण्डले भनेका थिए,‘यो यातायात, सामाजिक सेवा,शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौंका पार्टीहरुसँग,नेताहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट चिन्ने गरेको छु। हुन त हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ उहाँको नजिकै घर भएका हुनाले पनि लगातार अन्तर्क्रिया,सहकार्य हुने गर्‍यो । र हामीले नजिकबाट एक अर्काले चिन्ने,बुझ्ने र महशुस गर्ने पनि गर्‍यो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार