Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो ३ दिनमा प्रहरी मुख्यालयका सय जनामा कोरोना संक्रमण


    बुधबार, भाद्र ३१ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम नियन्त्रण भएको छैन । पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा सय जना संक्रमित थपिएका हुन् ।

    काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा ९ सय ७३ सहित १७ सय ३५ सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रधान कार्यालयमा कार्यरत २ सय १० र काठमाडौं उपत्यकाका ७ सय ६३ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ५९, प्रदेश २ मा १ सय ८, बागमती प्रदेशमा १ सय ७०, गण्डकीमा ९४, प्रदेश ५ मा १ सय १८, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७९ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार