Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद् अवरोध गर्ने अडान कायमै


    बिहिबार, असार २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

    हिजो दिउँसो साढे २ बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाइएको हो ।

    भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिए पछि प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार