Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • चैतमै शैक्षिक सत्र पूरा हुने, पाठ्यवस्तु समायोजन हुँदै


    बुधबार, भाद्र ३१ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोनाका कारण पढाइ ठप्प रहेपनि शैक्षिक वर्ष नोक्सान हुन नदिने  तयारी भएको छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले आउँदो पाठ्यवस्तु समायोजन ढाँचा तयार पारेको छ। चैतमै शैक्षिक सत्र पूरा गर्ने तयारीसहित केन्द्रले भोलि १ असोजदेखि शैक्षिक सत्र सुरु हुने गरी पाठ्यवस्तु समायोजन ढाँचा ल्याएको हो। यसका कारण साविकको झैं चैतमा नै शैक्षिक सत्र पूरा हुने छ।

    पाठ्यक्रमका आधारमा समायोजन ढाँचा ल्याइएको र यो ढाँचा अनुसार चैतमा नै शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका प्रमुख केशवप्रसाद दाहालले बताए। उनका अनुसार नयाँ ढाँचामा पाठ्यपुस्तकलाई दुई भागमा विभाजन गरिएको छ।

    शिक्षकको सहजीकरणको आवश्यकता भएको र शिक्षकको निर्देशनमा स्वअध्ययनबाट, अभिभावकको सहयोगमा वा अन्य विधिको प्रयोग गरेर सिक्न सक्ने गरी छुट्याइएको छ। 

    तल्लो कक्षामा पढिसकेका, दोहोरिएका पाठहरूलाई शिक्षकको निर्देशनमा स्वअध्ययन गर्न लगाउने अथवा अभिभावकको सहयोगमा पढ्न लगाउने गरी तयार पारिएको छ। समयभित्र शैक्षिक सत्र सक्नका लागि समायोजन ढाँचा ल्याइएको केन्द्रका प्रमुख दाहालले बताए।

    पाठ्यक्रम विकास केन्द्रले मूल्याकंनको ढाँचा पनि परिर्वतन गरेको बताएको छ। केन्द्रका अनुसार अब विद्यार्थीको पहुँचअनुसार परीक्षा लिँदा घरमा सिकेका, अनलाइन, रेडियो, टीभीबाट पढ्नेलाई ‘असाइनमेन्ट’ र मौखिक आधारमा परीक्षा लिएर मूल्यांकन गरिने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार