Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो


    बुधबार, भाद्र ३१ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयको आज बिहानको तथ्यांकअनुसार संक्रमितको संख्या ५० लाख २० हजार ३ सय ६० पुगेको हो। 

    भारतमा २४ घण्टामा ९० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय ९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ। 

    भारतमा १५ सेप्टेम्बरमा ११ लाख १६ हजार जनाको कोरोना परीक्षण गरिएको थियो भने हालसम्म भारतमा ५ करोड ९४ लाख २९ हजार १ सय १५ जनाको नमुना परीक्षण गरिसकिएको छ। 
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार