Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालको हिमाल चढ्न आइपुगे बहराइनका राजकुमार


    बुधबार, भाद्र ३१ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको हिमाल चढ्ने चाहना बोकेका बहराइनका राजपरिवारका सदस्यसहित १८ जनाको टोली काठमाडौं आएको छ।

    बहराइनस्थित नेपाली राजदूतावासका अनुसार सो टोली गए राति नै विशेष विमानबाट नेपाल प्रस्थान गरेको थियो।

    उनीहरू चढेको विमान बुधबार बिहान सवा ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।  टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको दूतावासले जनाएको छ।

    ‘लगभग २ महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ।

    पर्वतारोहणमा सहभागीहुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि सेल्फ क्वारेन्टिनमा रहेका थिए। कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परीक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन्। उक्त टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण पालना गर्नेछ।

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले प्रस्थानपूर्व सो टोलीलाई भेटी पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए। उक्त भेटमा  राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

    बहराइनका राजकुमारको टोली नेपाल आएर हिमाल आरोहण गरेमा लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हुने छ।बहराइनका राजकुमारको टोली आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार