काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेशनमा रहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । उनलाई मंगलबार राति ८ बजे ओम अस्पताल भर्ना गरिएको हो ।
अहिले उनलाई तीन जना चिकित्सकको विशेष निगरानीमा राखिएको अस्पतालले जनाएको छ । मेडिकल डाइरेक्टर डा. विश्वनाथ कोइरालाको नेतृत्वमा टेस्ट फिजिसियन डा. सुवोधसागर ढकाल र सघन उपचार विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठको टोलीले उनको उपचार गरिरहेको बताइएको छ ।
कोइरालालाई ज्वरो बढेसँगै अस्पताल ल्याइएको र उनीमा उनलाई अहिले निमोनियाको शंका गरिएको अस्पताल स्रोतले बताएको छ । उनलाई पछिल्ला सात दिनदेखि लगातार ज्वरो आइरहेको र ज्वरो नियन्त्रण नभएकाले अस्पताल लगिएको बताइएको छ ।