Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिका सभापति चयन प्रक्रिया अघि बढाउने शीर्ष नेताबीच सहमति


    मंगलबार, असार १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज सिंहदरबारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको छलफलले संसदीय समितिका सभापति छिट्टै चयन गरेर जाने समझदारी गरेका छन् ।

    बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले यस्तो समझदारी गरेका हुन् ।

    ‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरूले प्रतिबद्धता जनाउनुभएको छ । अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठन तिरै केन्द्रित भएको छ । छिट्टै नै समितिले नेतृत्व पाउँछ’ सभामुख देवराज घिमिरेले भने, ‘समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरू अगाडि बढ्न सकेका छैनन् ।’

    लामो समयदेखि समितिका सभापति चयन हुन नसक्दा महत्त्वपूर्ण विधेयकमाथि छलफल अघि बढ्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार