Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री साउद भन्छन्- प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा हुन्छ


    सोमबार, असार १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी अगस्ट अर्थात भदौ महिनामा छिमेकी मुलुक चीनको भ्रमण गर्ने तय भएको छन् । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी अगस्टमा चीन भ्रमण गर्ने जानकारी दिएका हुन् ।

    आज प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।

    ‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, मन्त्री साउदको भनाइ छ । उनले उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको भन्दै चिनियाँ विकासको छलाङलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार