काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयलाई राजनीतिक दलहरूसँग शतप्रतिशत अलग गर्नुपर्ने भन्दै आक्रोश पोखेका छन्।
गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्राध्यापक, कर्मचारी र विद्यार्थी राजनीतिक रूपले सचेत रहेको पनि बताए।
‘दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नैपर्छ,’ थापाले भने, ‘होइन भने यो पाप र अपराधले यति धेरै थिच्छ, हामीले यसबाट मुक्ति पाउँदैनौं।’
विश्वविद्यालयलाई राजनीतिक दलसँग अलग गर्नुपर्ने थापाको भनाइ छ।
‘हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि कानून चाहिन्छ, विश्वविद्यालय ऐन ल्याउनुपर्छ। कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, कर्मचारी र विद्यार्थी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा ऐनमै लेख्नुपर्छ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend