Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शशाङ्क कोइराला भन्छन्- गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन


    सोमबार, असार १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने दाबी गरेका छन् ।

    गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्व महामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने बताए ।

    उनले भने, ‘‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’’

    गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशाङ्क भन्नुभयो, ‘‘दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।’’

    कोइरालाले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताए। उनले २०४६ सालको आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले त्रिवि शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार