काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क बस सेवा सञ्चालन गरेको छ ।
चाडपर्वका बेला यात्रुको सहज आवागमनलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र समेट्ने गरी तीनवटा बस सञ्चालनमा ल्याएको हो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बसमा सर्वसाधारणले कुनै शुल्क तिर्नुपर्ने छैन ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु क्षेत्रका यात्रुलाई सेवा दिनेछ । यस रुटले उपत्यकाका विभिन्न स्थानमा आवतजावत गर्ने सर्वसाधारणलाई सुविधा पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने दोस्रो बस सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ । यसबाट उपत्यकाका पश्चिमी तथा अन्य क्षेत्रका यात्रुलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।
भक्तपुरसम्म पुग्ने यात्रुलाई लक्षित गर्दै तेस्रो बसको व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी बलको स्वयम्भूस्थित प्रधान कार्यालयबाट छुट्ने उक्त बस स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनस् बानेश्वर, कलंकी र स्वयम्भू फर्किनेछ ।
भाइटीकाका दिन आफन्तकहाँ टीका लगाउन जाने तथा अन्य अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई सार्वजनिक सवारीसाधनको अभावले कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो ।
चाडपर्वमा यात्रुको चाप र सार्वजनिक यातायातको सीमित उपलब्धताबीच सशस्त्र प्रहरीले सञ्चालन गरेको निस्शुल्क सेवाले विशेषगरी निजी सवारीसाधन नभएका सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend