Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ता छन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाउने सेवासुविधा


    आइतबार, असार १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपालको राष्ट्रपतिले पूर्वराष्ट्रप्रमुखको हैसियतमा राज्यबाट पाउने सुविधा कस्तो होला ? यो विषयमा निकै चासो र रुचि हुनु स्वभाविक हो ।

    विद्यादेवी भण्डारी देशको दोस्रो राष्ट्रपतिको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्। उनले यसअघि रक्षामन्त्री र वातावरण तथा जनसङ्ख्या मन्त्रीको रूपमा सेवा गरिन्।

    देशमा दुई जना पूर्व राष्ट्रपति छन् । डा. रामवरण यादव र विद्यादेवी भण्डारी । उनीहरु क्रमश पहिलो र दोस्रो कार्यकालका राष्ट्रपति हुन् । उनीहरु दुवै जनाले दुई कार्यकाल राष्ट्रपतिको नेतृत्व गरेका थिए ।

    भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन्।उनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्

    यस समाचारमा मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वराष्ट्रपतिहरु यादव र भर्खरै अवकाश भएकी भण्डारीको सेवा सुविधाका विवरणहरु समावेश छन् ।

    उच्च पदमा बहालहरुले शक्तिको दुरुपयोग गर्छन, भ्रष्टाचार गर्छन भन्ने आम भाष्य बनिरहेका बेला उनीहरुको अवकाशपछिको सेवा सुविधाबारे पनि त्यस्तै अनुमानहरु हुन्छन् ।

    तर तथ्यांकले विवरणहरु फरक देखाएको छ ।

    मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार पूर्वराष्ट्रपतिले पाउने सुविधाहरु यस्तो रहेको छ ।

    मासिक भत्ता

    अहिले उनीहरुले पूर्व राष्ट्रिपतिको हैसियतमा राज्यबाट मासिक ५० हजार भत्ता पाउँछन् । यही रकमबाट उनीहरुले आफ्नो महिनाभरीको जिवनयापन गर्नुपर्ने हुन्छ ।

    आवास सुविधा

    काठमाडौ उपत्यकाभित्र आफ्नो वा एकाघर परिवारको नाममा घर नहुने पूर्व राष्ट्रपतिले मात्रै राज्यबाट आवास सुविधा पाउनेछन् । उपत्यकामा घर हुनेहरुले आवास सुविधा पाउने छैनन् ।

    यदि घर छैन भने, मासिक दुई लाख रुपैयाँको घर भाडामा उपलब्ध गराउनेछ । राजधानीमा घर भएर पनि रामबरण यादवले राज्यबाट आवास सुविधा लिदै आएका छन् । आफ्नो छोराको घरमा नबसेर उनी आवासका लागि बार्षिक २४ लाख रुपैयाँको घरमा बस्दै आएका छन् ।

    यस्तै उपत्यकामा घर भएकाका लागि सरकारले मासिक एक लाख रुपैयाँ घर मर्मतका लागि राज्यले उपलब्ध गराउँछ ।

    राष्ट्रपतिको दोस्रो कार्यकालबाट अवकाश पाएकी विद्यादेवी भण्डारीको राजधानीमा आफ्नै घर छ । उनले अहिले मासिक एक लाखका दरले घर मर्मत शीर्षकमा राज्यबाट सेवासुविधा लिदै आएका छन् ।

    एक थान सवारी साधन

    सरकारले अवकाश भएका राष्ट्रपतिलाई एक थान गाडी र इन्धन उपलब्ध गराउँछ ।

    यदि अवकास भएका राष्ट्रपतिको आफ्नै सवारी साधन छ भने मासिक २५ हजार रुपैयाँ गाडी मर्मत शीर्षकमा भुक्तिनी दिन्छ । यस्तो मर्मत शीर्षकको पैसा लिन मर्मतको बिल पेश गरिरहनु पर्दैन । उनीहरुले पाउने इन्धन संघीय सरकारका मन्त्रीले पाउने सरह हुनेछ ।

    यसबाहेक पूर्व राष्ट्रप्रमुखको हैसियतमा पूर्व राष्ट्रपतिले कुनै थप सेवा सुविधा राज्यबाट प्राप्त गर्ने कानूनी आधार छैन । तर आम नागरिकका रुपमा पाउने सबै सेवा सुविधा प्राप्त गर्न भने पूर्व राष्ट्रपति स्वतन्त्र हुनेछ ।

    पूर्व राष्ट्रपतिलाई राज्यले उपलब्ध गराउने यस्ता सुविधाहरु राष्ट्रपतिको कार्यालयले उपलब्ध गराउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार