Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप यादव भन्छन्- साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्थाहरु ठूला मिटरब्याजी हुन्


    आइतबार, असार १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रमुख सचेतक प्रदीप यादवले गाउँको साहु महाजनभन्दा बढी सहकारी र लघुवित्त संस्थाहरु मिटरब्याजी भएको दाबी गरेका छन् ।

    आइतबारप्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले मिटरब्याजी सम्बन्धमा सरकारले एकतर्फी मात्र भएर बोल्न वा व्यवस्था गर्न नहुने स्पष्ट पारे ।“यो विधेयक पास गर्दा सहकारी, बैंक वित्तीय संस्थाको विषय पनि समावेश हुनुपर्छ,” उनले भने । यादवले विधेयक हतारमा ल्याउनु सरकारको लापारवाही भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार