Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात महिनामै शैक्षिक सत्र पूरा गरिने तयारीका साथ सार्वजनिक भयो पाठ्यक्रमको नयाँ ढाँचा


    मंगलबार, भाद्र ३० २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकी सात महिनामा शैक्षिक सत्र पुरा गर्ने गरि संश्लेषित पाठ्यक्रम सार्वजनिक गरेको छ। कक्षा एकदेखि दश कक्षासम्मको पाठ्यक्रमलाई खुम्च्याएर मन्त्रालयले मंगलबार नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको हो। 

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको उपस्थितीमा उक्त पाठ्यक्रम सार्वजनिक गरिएको हो। पाठ्यक्रम विकास केन्द्रका महा निर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार अब बाँकी रहेको सात महिनाभित्रमै यो वर्षको पठनपाठन पुरा हुनेछ। वैशाख महिनाबाट शुरु हुनुपर्ने शैक्षिक सत्र कोरोना संक्रमणका कारण रोकिएको थियो।

    दाहालका अनुसार आउने चैत महिनाभित्रमै शैक्षिक सत्र पुरा हुनेछ। मन्त्रालयले गत असारदेखि नै वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरेको थियो। तर यो कार्यक्रममा सबै विद्यार्थी सहभागी हुन सकेका छैनन्। असोज एक गतेबाट पनि बैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिने मन्त्रालयको योजना छ।

    अनलाइन, टेलिभिजन, रेडियो तथा पाठ्यपुस्तकको आधारमा बैकल्पिक पढाइ शुरु भएको छ। यसलाई प्रभावकारी बनाउन मन्त्रालयले विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने वा अन्य डिभाइस उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ।

    संश्लेषित पाठ्यक्रमलाई दुई भागमा विभाजन गरिएको छ। जसमा विद्यार्थीले आफै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्नेगरि विभाजन गरिएको दाहालले बताए। विद्यार्थीलाई दिइने गृहकार्य, विभिन्न प्रकारका परियोजना काम लगायतलाई पनि पाठ्यक्रमसँग जोडिने दाहालको भनाइ छ। कार्यक्रममा शिक्षामन्त्री पोखरेलले जसरी भएपनि विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका आधारमा संश्लेषित पाठ्यक्रम जारी गरिएको बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार