यही मिति २०८० असार ९ गतेका दिन आकर्षक मिडिया प्रा.लि. अनामनगर मच्छिगल्ली, काठमाडौंबाट सञ्चालित नेपाल फेस डटकम (www.nepalface.com) अनलाईनले प्रकाशन गरेको ‘जनप्रतिनिधि नै काठ तस्करीमा मुछिए, मेयरसहित कांग्रेसका नेताहरुको दवाव प्रहरीद्वारा अस्वीकार’ शीर्षकको समाचारमा मसँग कुनै सम्बन्ध नरहेको विषयमा मेरो नाम जोडी समाचार प्रकाशन भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
म रामपुर नगरपालिका–८ स्थित आफ्नै घरमै रहेर स्वच्छ व्यवसाय गरी बसिरहेको मलाई फरार भनी लेख्नु, विधि र प्रक्रिया पूरा गरेर कारोवार गर्दै आइरहेको व्यक्तिलाई थाहै नभएको अवैध काठको विषयसँग जोडेको कुराले मेरो व्यक्तिगत चरित्रहत्या, सामाजिक र आर्थिक रुपमा ठूलो क्षति भएको महसुस गरेको छु ।
वैधानिक रुपमा मात्र काठको कारोवार हुनु पर्छ भन्ने पक्षमा वकालत गर्दै आइरहेको व्यक्तिलाई हालसम्म स्रोत नखुलेको काठको विषयमा के कति कारणले कुन आधारमा समाचारमा फरार भनेर मेरो नाम जोडिएको हो ? यदि जोड्नुपर्ने अवस्थामा मलाई के कति कारणले नसोधी सत्य, तथ्य जानकारी नलिई समाचार प्रकाशन गरिएको हो ? प्रश्नको जवाफ अपेक्षा गर्दछु ।
यस समाचारले म स्वयंम, घरपरिवार, छरछिमेक, आफन्त शुभेच्छुक र समुदाय नै आश्चर्य र भ्रमित भएको हुँदा यसले नकारात्मक सन्देश प्रवाह भएको छ । फलस्वरुप प्रकाशित शीर्षकको समाचारको यथार्थ बुझी पुनः प्रकाशन गर्न म विनम्र अनुरोध गर्दछु । यदि यस विषयलाई गम्भीर रुपमा नलिई पुनर्लेखन नगरेमा कानुनी उपचार खोज्न बाध्य हुनेछु । आशा छ, तपाईले यस विषयलाई गम्भीर रुपमा लिई समाचार लेखनको क्रममा भएको त्रुटिलाई स्वीकार गरी अनावश्यक भ्रमको निराकरणमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु । साथै भूलसुधार गरी पुनः वास्तविक समाचार प्रकाशन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
मुक्तिप्रसाद अर्याल, रामपुर नगरपालिका–८, पाल्पा
खण्डनको पत्र

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको...
बाग्लुङ । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् । सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने...
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend