काठमाडौं । बेथिति, विसङ्गतिको पर्याय बन्दै गएको समाज कल्याण परिषद् अन्तर्गतको जेष्ठ नागरिक कोषमा सभापति देवीप्रसाद सुवेदी र सदस्य सचिव गोपाल महतो कुशवाहले अर्को काण्ड मच्चाएका छन् ।
गत आर्थिक बर्षको अन्तिम चौमासिकमा जेष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ संस्थाको विवरण, लाभग्राहीको संख्या आदि समेटेर प्रतिवेदन बनाउने क्रममा उक्त काण्ड मच्चिएको हो ।
देशका सातै प्रदेशमा लगत संकलन गर्न गणक खटिएका थिए । उक्त प्रक्रियामा कोटेसनको सामान्य नियम पनि पालन गरिएन । सुदूरपश्चिममा बालकृष्ण थापा, कर्णालीमा रमेश सुवेदी, लुम्बिनीमा मुकुन्द पौडेल, गण्डकीमा राजु थापा, बागमतीमा कोषकै बोर्ड सदस्य सावित्री न्यौपाने एवं मधेस प्रदेश र कोशीमा कोषका सदस्य सचिव गोपाल महतो खटिएका थिए । अन्य गणकले तोकिएको कार्यक्षेत्रमा गई टिओआर बमोजिमको कार्यसम्पन्न गरे पनि सदस्य सचिव गोपालले भने काठमाडौंमा नै बसेर कपोलकल्पित विवरण बनाई प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदन तयार भएपछि प्रत्येक गणकको नाममा ९७ हजार १ सय रुपैयाँको चेक बनाउने काम भयो । उक्त चेकहरु कुनै पनि गणकलाई थाहै नदिई गोपाल महतो आफैंले साटे । त्यसपछि सभापति सुवेदीले मन्त्रालयमा ४० प्रतिशत नबुझाए प्रतिवेदन स्वीकृत नहुने भयो भन्ने बहानामा गणकहरुलाई १५–२० हजार मात्रै दिएर टारेको बुझिएको छ ।
मधेस प्रदेश र कोशीमा खटिएका जेष्ठ नागरिक कोषका सदस्य सचिव गोपाल महतोसँग फिल्डमा जाँदै नगई काठमाडौंमै बसेर तपाईले प्रतिवेदन बनाउनुभएको हो भन्ने प्रश्नमा उनले भने–‘म धनकुटा, तेह्रथुमसहित २–३ वटा जिल्लामा गएँ । सबै जिल्लामा जान सम्भव थिएन, समय थिएन हामीसँग । अरु जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुसँग फोन र मोवाइल नम्बर लिएर, अनलाइनबाट बुझेर प्रतिवेदन तयार गरिएको हो ।’
कुशवाहले भने–‘सातै प्रदेशमा गणक खटाइएको हो, म कोशीमा खटिएको थिएँ । मधेश प्रदेशमा अर्को एकजना भाइ खटिनुभएको थियो ।’
त्यसैगरी होटल खर्च, यातायात, तथ्याङ्क प्रशोधन आदिमा नक्कली विल भौचर बनाई बजेट खर्च गरिएको छ । सरकारी कोषको करिब ११ लाख सभापति सुवेदी र सदस्य सचिव महतोले मनमौजी ढंगले दुरुपयोग गरेका छन् । राज्यकोष दुरुपयोग भएको र गणक ठगिएको विषयमा हेलो सरकारमा उजुरी गर्दा पनि सुनुवाइ नभएको बुझिएको छ ।
पछिल्लो समय रसुवा बाढीपीडितको नाममा पनि सभापति सुवेदी र सचिव महतोले विभिन्न एनजीओ आइएनजीओ र वित्तीय संस्थाहरुबाट रकम संकलन गरिरहेको आरोप छ ।
काठमाडौं। व्यावसायिक भिसा लिएर उद्देश्यविपरीत काममा संलग्न भएको पाइएपछि ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढाइएको...
काठमाडौँ। सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा...
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको...
काठमाडौँ। कालिकोटमा सरकारी जग्गा भूमिहीनलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। खाँडाचक्र नगरपालिका-१ का वडा सचिवसमेतले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँगै...
काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend