Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • कोरोनाविरुद्धको चिनियाँ खोप तीन महिना भित्रै पाइने


    मंगलबार, भाद्र ३० २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रकोपकाबीच चीनबाट सुखद् समाचार आएको छ । चीनले बनाइरहेको कोरोनाविरुद्धको खोप अब दुईदेखि तीन महिनासम्ममा उपलब्ध हुने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ ।

    सीडीसीका प्रमुख तथा जीव सुरक्षा विशेषज्ञ गुइजेन वुका अनुसार आगामी नोभेम्बर र डिसेम्बरसम्ममा चिनियाँ खोप सर्वसाधारणको लागि उपलब्ध हुनेछ । गुइजेनले आफैंले पनि खोप प्रयोग गरेको र यसको प्रयोगबाट आफूमा नराम्रा लक्षण नदेखिएको उल्लेख गरेकी छिन् ।

    हालसम्म चीनका चारओटा खोप हाल अन्तिम चरणमा प्रवेश गरिसकेका छन् ।

    यीमध्ये तीनओटा खोप भने कोरोनाविरुद्ध विभिन्न तवरबाट लडिरहेका व्यक्तिहरुमा प्रयोग भइसकेको छ । सिनोफार्म र सिनोभ्याक बायोटेकले आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत हाल तीनवटा भ्याक्सिन विकास गरिरहेका छन् ।

    अर्को खोप भने क्यानसिनो बायोलोजिक्सले विकास गरिरहेको छ । जसलाई गत जुनमै चिनियाँ सेनामा प्रयोग गर्न अनुमति दिइएको थियो । सिनोफार्मले यसअघि नै यसैवर्षको अन्तिममा आफ्नो खोप सर्वसाधारणको लागि उपलब्ध हुने बताएको थियो ।

    हाल विश्वभर कोरोनाविरुद्धको खोप बनाउने प्रतिस्पर्धा चलेको छ । अमेरिका, चीन, रुस, बेलायत जस्ता देशमा बनेका खोपहरु हाल अन्तिम चरणको परीक्षणमा छन् । तर चीनले भने खोप निर्माणमा अद्भुद सफलता पाएको बताइन्छ ।  एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार