Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुमलटार पुगेर कृषिमन्त्रीले रोपे धान


    शुक्रबार, असार १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल आज असार १५ गते धान रोपाइँमा सहभागी भएका छन् ।

    नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी भएका हुन् ।

    कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुसालले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गरे ।

    एक बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गरेका हुन् ।

    मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार