Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • मोरङमा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ


    मंगलबार, भाद्र ३० २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङमा हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले बेलबारी नगरपालिका-५ बस्ने ३१ वर्षीय कुमार सरदारलाई सोमबार पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार उनलाई चन्द्रकुमार राईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।

    उनले भदौ १२ कसेनीस्थित लोहान्द्र खोला किनारामा धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको आरोप छ। 

    यस घटनामा अझै सात जना फरार भएको डीएसपी राईले बताए। पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार