मकवानपुर । मकवानपुरमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मनहरी गाउँपालिका–८ सिमपानीमा मृत्यु भएका ६८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सोमबार बिहान घरमै ढलेका उनको मृत्यु समेत भएपछि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो । परीक्षणका क्रममा उनको स्वाबको नतिजा पाजिटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।