Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी नेता आङ्बो भन्छन्- प्रदेश नामाङ्कन पहिचानसहित हुनुपर्छ


    बिहिबार, असार १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले आफूहरु पहिचानवादीहरुको पक्षमा रहेको स्पष्ट परेका छन् ।

    आज (बिहीबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशका जनतामा यतिधेरै असन्तुष्टि आएपछि अब पुनर्विचारको आवश्यकता रहेको बताएका हुन् ।

    माओवादी पहिचानको पक्षमा रहेपनि गणितका कारण त्यो सम्भव नभएको उनले बताए । आफूले पहिचानवादीहरुसँग वार्ता गरौं भन्दा केन्द्रीय सरकारका मन्त्री र प्रधानमन्त्रीलाई दोष दिएर पन्छिन खोजेको उनले बताए ।

    पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद राई नेतृत्वको सकारको पालको स्मरण गर्दै उनले भने,–‘प्रदेशको नामाङ्कनका सन्दर्भमा पहिचानसहित हुनुपर्छ भन्ने कुरा हामीले विगतदेखि नै उठाउँदै आएका हौं ।

    अघि पूर्वमुख्यमन्त्री ज्यू ले भनिसक्नु भएको छ, पहिचानसहितको नाम राख्न नसकिने अवस्थामा त्यसलाई रोक्नका लागि सबैभन्दा दरिलो सारथी त्यो प्रदेश सरकारमा म आफैं थिए । पहिचानसहित नाम आउँदैन भने अहिले नराखौं भनेर निष्कर्षमा हामी पुगेकैं थियौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार