Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री कार्कीले पाउँलान् त विश्वासको मत ?


    बिहिबार, असार १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशसभा बैठक केहीबेर अघि सुरु भएको छ ।

    सभामा अर्थमन्त्रीसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मत कार्कीले अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र रकम विनियोजन तथा खर्च गर्न सक्ने विधेयक पेस गरेका छन् ।

    कोसी सभाको दोस्रो अधिवेशन ६ वटा बैठकपछि स्थगित भएको थियो ।‌

    प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ९० प्रतिशत मतसहित कोसी नामकरण हुनु उपलब्धि भएको बताएका छन् । उनले सबै प्रदेशमा अस्थिरताको बाछिटा पर्न सुरु भएको पनि बताए ।

    उक्त प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार