Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • ललितपुर महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण


    मंगलबार, भाद्र ३० २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले मगंलबार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको सार्वजनिक गरेका छन् । 

    पछिल्ली तीन दिनदेखि ज्वरोले ग्रस्त भएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । उनको श्रीमतीलाई समेत कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । हाल उनको किस्ट अस्पतालमा उपचार भैरहेको छ ।

    मेयर श्रेष्ठले आफ्नो बारेमा जानकारी दिँदै लेखेका छन्, ‘आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु, विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलिन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट संक्रमित भइ हाल उपचारमा रहेको जानकारी गराउँदै यो रोगलाइ छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।’

    पछिल्लो समय उनी नगरपालिका भित्र कन्ट्याक्ट ट्रेसिङमा सक्रियतापूर्वक लागेको र सोही क्रममा संक्रमण भएको हुनसक्ने बताइएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमित भएका थिए । उनी भने अहिले कोरोना मुक्त भइ घर फर्किइसकेका छन् । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार