Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँले भने- गणतन्त्र राणा शासनभन्दा पनि क्रुर छ


    बिहिबार, असार १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले अहिलेको शासन व्यवस्था राणा कालको भन्दा पनि क्रुर भएको टिप्पणी गरेका छन् ।

    हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक समेत रहेका उनले अहिलेको व्यवस्थामा नागरिकलाई कतिबेला लगेर थुनिदिने भन्ने थाहै नभएको बताएका हुन् । राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक

    ‘हिजो राजाको पालामा के–कै चिज बने ? आज गणतन्त्र आएपछि के–के चिज गए । दुई करोड ९० लाख जनतामा आज एक करोड २५ लाख जनता बाहिर पठाएर बढाबुढी र केटाकेटीमात्रै राखेर अनि जनताको शासन छ ? प्रश्न गर्दै उनले भने, ‘हिजोको राणा शासनभन्दा पनि क्रुर भएको छ अहिलेको व्यवस्था । कतिखेर पक्रेर थुन्छन्, कतिखेर के गर्छन् भन्ने पिर ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार