Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रचण्डलाई बुझाए चीन भ्रमणको प्रतिवेदन


    बिहिबार, असार १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चीन भ्रमणको प्रतिवेदन बुझाएका छन् ।

    तिमिल्सिनाले प्रचण्डलाई आफुले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे जानकारी गराएका हुन् । उनले चीन भ्रमणका अवसरमा भएका भेटवार्ता र छलफलबारे पनि विस्तृतमा जानकारी गराएका छन् ।

    तिमिल्सिना औपचारिक भ्रमणका लागि नौ सदस्यीय प्रतिनिधिमण्डल लिएर जेठ २७ गते चीन गएका थिए । उनले तिब्बतको ल्हासा र बेइजिङ र साङ्घाई भ्रमण गरेका थिए । बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।

    साथै तिमिल्सिना र चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हूबीच शिष्टाचार भेट गरेका थिए ।

    उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी, उनका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी भ्रमणमा गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार