सिन्धुपाल्चोक । विश्वभर कोभीड – १९ कोरोना भाईरसको महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र रोकथाको लागि देश पुर्ण लगडाउन घोषणा गरेको छ । तर सिन्धुपाल्चोमा भने पुर्व स्वास्थ्य राज्य मन्त्री तथा पुर्व सूचना तथा संञ्चार मन्त्री समेत रहेका मोहनवहादुर वस्नेतले भने राहत बितरणको नाममा अनावश्यक हुल जम्मा गर्ने काम गरिरहेका छन् ।
शनिवार वस्नेतले ठूलो सङ्ख्यामा कार्यकर्ता सहितको टोली लिएर सडक मजदुरलाई राहत भन्दै केही चामल, नुन लिएर लगडाउनको उल्लङ्घन गरेका छन् । यसअघि दुई पटक ठूलो कार्यकर्ताको हुल सहित सूनकोशी गाँउपालिकामा वस्नेत पुगेका थिए ।
वस्नेतको टोलीले गरेको गतिविधीमा स्थानियले आपत्ति जनाएका छन् । सामाजिक संञ्जालमा सुरक्षित हुन सरकारले चालेको सकारात्मक कदमको वस्नेतले ठाडो उल्लङ्घन गरेको कतिपयले उल्लेख गरेका छन् ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असुरक्षित आवागमन तथा हुलहुज्जत गर्न नपाइने उल्लेख गरे । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्धार नीतिवाट राहत सहयोग गर्ने निर्णय भैसकेको जनाए । सरकारको नीति विरुद्धको काम कतै पाईएमा कारवाही गरिने उनको भनाई छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend