Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


    बुधबार, असार १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई बजेटमा समावेश गर्न उक्त बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

    आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारी प्रतिवद्धता बजेटमा कसरी समावेश गर्ने हो भनी प्रश्न उठाएका थिए ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ दलहरु पनि जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा रहेको भन्दै बजेटमा उक्त प्रतिवद्धतालाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताए ।

    त्यसका लागि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । उक्त समयमा दलहरुको बैठक बसेर जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने विषय बजेट वक्तव्यमा कसरी समावेश गर्ने भन्नेबारे छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार