Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस, कुलमान घिसिङको नियुक्ति भएन


    सोमबार, भाद्र २९ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रियसभा सांसदमा मनोनीतका लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।  

    यसैबीच, विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति भने आज नभएको समाचार छ । आजको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति गर्ने चर्चा भए पनि एक मन्त्रीले त्यो प्रस्ताव नै नआएको बताएका छन् । कुलमान घिसिङको ४ बर्षे पदावधि आइतबारै सकिएको हो । लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाएकाले उनैलाई नियुक्ति गर्न सामाजिक संजालमा दबाब बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार