Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदेशसभा सदस्य थापामाथि आक्रमण


    सोमबार, भाद्र २९ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दैलेख । क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य शुशिल थापामाथि नियोजित रुपमा साङ्घातिक आक्रमण भएको छ । आफ्नो निर्वाचत क्षेत्रअन्तरगत भैरवी गाउँपालिका–३ को छड्ने भन्ने स्थानमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँमाथि आक्रमण भएको हो । वडा नं। ३ मा नेकपाको पार्टी कार्यालय स्थापनासँगै ४२ घरका करिव दुई सय जना बढी नेपाली काँग्रेस कार्यकर्ता परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो । 

    “आफ्नै निर्वाचन क्षेत्रमा भएकाले मलाई पनि त्यहाँ उपस्थितीका लागि खवर भयो, नेकपाका पालिका स्तरका नेता तथा कार्यकर्ता, गाउँपालिका उपप्रमुखलगायतको उपस्थिती थियो, बिहानको कार्यक्रम स्थानीयको निधन भएकाले केही बेर ढिला गरी सञ्चालन भयो, मैले पार्टी कार्यालय उद्घाटनको बोर्ड राख्दै थिए, छ जनाको समूहले एकाएक आक्रमण शुरु ग¥र्यो, अत्यधिकरुपमा मदिरा सेवन गरेको समूहले गाउँपालिकाका उपाध्याक्ष, नेकपाका पार्टी सचिवलगायतका नेतामाथि धमाधम आक्रमण ग¥र्यो, उहाँ सबैलाई हुत्याउँदै मलाईसमेत आक्रमणको प्रयास गरिएको थियो, जनताले बचाउन सफल भए, त्यहाँ रक्तपात गर्ने योजना बनाएर दुल्लूका नेपाली काँग्रेसका नेताले योजनाबद्ध आक्रमण गर्ने प्रयास गरेको रहेछ”,  उहाँले भन्नुभयो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार