Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २० रुपैयाँ तिरेर अब अनलाइनबाटै कांग्रेसको सदस्यता लिन सकिने


    बुधबार, असार १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । जसकारण अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता पाइने भएको हो । कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री गगन थापाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    नेपाली कांग्रेसको सदस्यता लिन चाहने नेपाली नागरिकले वेबसाइटमा गएर आवेदन दिन र २० रूपैयाँ शुल्क बुझाउन सक्ने छन् ।

    सदस्यता फारम भरिसकेपछि मोबाइलमै जानकारी आउने छ । आवेदनमाथि पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरि अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड दिइने जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार