काठमाडौं । काठमाडौं महानगरले असोज १ गतेबाट विद्युतीय प्रणालीबाट कर निर्धाणर र संकलन गर्ने भएको छ । वर्षौदेखि भएको प्रयास असरफल भएपछि चालु आर्थिक वर्षबाट यो प्रणाली शुरुवात गर्न लागेको हो । देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकामा कर संकलनमाकर ठगी र चुहावट हुन थालेपछि कामपाले यो व्यवस्था गर्न लागेको हो । कामपाले सांग्रिला इन्फोटेक कम्पनीले तयार गरेको सफ्वेयरले प्रणालीबाट कर निर्धारण र संकलन गर्न लागेको हो ।
कामपाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले असोज १ गतेबाट ३२ वटै वडाबाट विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्न लागेको जानकारी दिनुभयो । उहाका अनुसार त्यसको लागि सबै वडाका सचिवलाई भोली र पर्सिबाट प्रशिक्षण दिन लागेको जानकारी दिनुभयो ।
सो प्रणाली अन्तर्गत घरको नक्सापास, व्यवसाय, मनोरञ्जन,जरिवाना, फोहोरकर, घरभाडा लगायत दुई दर्जन लगायत सबै किसिमका कर भुक्तानी गर्न सकिनेछ । विशेषगरी करदाताको अभिलेखिकरण कर संकलन, करदाताका प्रकार लगायतका सबै विवरण जानकारी हुनेछ । विभागीय प्रमुख न्यौपानेले २ लाख सम्मको कर वडासचिव ५ लाखसम्मको राजश्व विभागका निर्देशक, १० लाख सम्मको विभागीय प्रमुख र सो भदा माथिको कर भुक्तानीका लागि सचिव एवं प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गरी सहससचिवको सिफारिसमा भुक्तानी गर्ने व्यवस्था गरीएको छ ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत एवं सचिव एक नारायण अर्यालले कर चुहावट रोक्न र महानगरपालिकालाई स्माट महानगरको रुपमा विकास गर्न यो प्रणालीको शुरुवात गरिएको जानकारी दिनुभयो ।सोमबार आयोजित कार्यक्रममा उहाले कर संकलनको यथार्थ अवस्थाबारे जानकारी दिन याृे प्रणाली लागु गरिएको जानकारी दिनुभयो।
भन्नुभयो– व्यवस्थित गर्न केही समय लागेपनि असोज १ गतेबाट विद्युतीय प्रणालीबाट राजश्व निर्धारण र संकलन शुरु गरेका छौ । उहाका अनुसार बजेट नीति तथा कार्यक्रममा उल्लेख भएको निर्णयलाई लागु गर्न यो व्यवस्थाको शुरुवात गरेको हाृ । महानगरले करिब एक महिनाभित्र यो प्रणाली पुर्ण रुपमा सञ्चालन हुने जनाएको छ ।
महानगरले कामपालाई स्मार्ट सिटीको अवधारणा अन्तर्गत करदाता अभिलेख वर्ष घोषणा गरेकोले विद्युतीय प्रणालीबाट कर संकलन र निर्धारण शुरु गरिएको हो । प्रशासकीय अधिकृत अर्यालले कार्यनीति पारित भैसकेपछि विद्युतीय प्रणालीबाट कर संकलन शुरु गर्न लागिएको जानकारी गराउदै यस्बाट महानगरलाई आर्थिक प्रणालीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो ।
विद्युतीय प्रणाली लागु गर्ने निर्णय गरेसंगै कामपा पहिलो स्थानीय निकायको रुपमा रहेको महानगरको दाबी छ । कामपाका सहचिव राजेश्वर ज्ञवालीले यो प्रणाली लागु भएपछि राजश्व संकलनमा पारदर्शी हुने जानकारी दिनुभयो ।उहाले भन्नुभयो–केही समयसम्म अप्ठ्यारो होला , लागु भैसकेपछि थप सहज हुनेछ । विभागका निर्देशक शिव अधिकारीले सबै वडासचिवलाई तालिम दिएपछि सफ्वेयर निर्माण कम्पनीले एक महिनासम्म निःशुल्क सेवा दिनेछ ।
सफ्वेयरमा कर दाताले आफ्नो करको विवरण, कर तर्ने विषय गत वर्ष तिरेको रसिद सहितको सबै विवरण पेश गरेपछि सम्बन्धित वडाले मुल्याङकन गरी कर निर्धारण गर्ने र आफैले रसिद प्रिन्ट गरेर विद्युतीय भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । सफ्टवेयर कुन करदाताले कति रकम भुक्तानी ग¥यो भन्ने विवरण सार्वजनिक हुदैन । सबै सामाग्री स्क्यानिङ गरी विद्युतीय प्रणालीबाट सम्बन्धित वडामा पठाएपछि तत्काल कर निर्धारण हुने र त्यसको आधारमा कर तिर्ने व्यवस्था छ ।
कुन महिनामा कुन वडाबाट कुन शिर्षकमा कति रकम संकलन भयो भन्ने विषयमा समेत सजिलै जानकारी हासिल गर्ने विभागी प्रमुख न्यौपानेको भनाई छ । कामपाले पहिलो चरणमा वडा कार्यालयबाट दिने सेवामा यो व्यवस्था लागु गर्न लागेको हो । लगत्तै राजश्व संकलन हुने सबै विभाग, महाशाखामा यो व्यवस्था लागु गर्नेछौ–प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ । सफ्टवेयरले सबै वडावाट मालपात कार्यालयमा लिनुपर्ने घरजग्गाका सिफारिस समेत पठाउनसक्ने व्यवस्था उल्लेख छ ।