Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने तामाङ पुर्पक्षका लागि थुनामा


    सोमबार, भाद्र २९ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय झण्डा जलाउने ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक तामाङलाई  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    सोही आरोपमा तामाङसँगै पक्राउ परेका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् भने ५ जना साधारण तारिखमा छुटेका छन् । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

    ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको थियो । ग्याल्जेन तितुङ मंगोलिनय ग्रुपका सदस्य समेत हुन् ।

    मकवानपुरमा सुट गरिएको म्यूजिक भिडियो ‘मंगोल हब अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । भिडियोमा क्षेत्री, ब्रामण समुदायलाई अश्लिल गाली गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार