काठमाडौं । नेपालमा यतिबेला लक्षण नभएका कोरोना संक्रमित पनि भेटिएका छन् भने गम्भीर अवस्था भएका संक्रमित पनि भेटिने क्रम जारी छ । गम्भीर अवस्थाका संक्रमितहरुको आईसीयू र भेन्टिलेटरमा उपचार भैरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय ८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।