काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार १ सय ७० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ७९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३९ हजार ५ सय ७६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेशन ८ हजार १ सय १८ जना र होम आइसोलेशनमा ७ हजार २ सय ७५ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर २९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । योसँगै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।