Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार डीआईजीसहित ३ हजार प्रहरीमा कोरोना संक्रमण


    सोमबार, भाद्र २९ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । फ्रण्टलाइमा काम गर्दै आएका प्रहरीमा कोरोना संक्रमण अझैसम्म बढ्दो क्रममा रहेको छ । सोमबारसम्म ३ हजार ३० जनामा संक्रमण पुष्टि भैसकेको छ । संक्रमितमा चार डीआईजी समेत छन् । 

    काठमाडौं उपत्यकामा मात्रै ९ सय ४६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । यो अनुपात देशैभरै रहेको छ । 

    हालसम्म उपचारपछि १३ सय प्रहरी डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १ सय ६४ र काठमाडौं उपत्यकाका ७ सय ८२ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १ सय ६९, प्रदेश २ मा १ सय ३, बागमती प्रदेशमा १ सय ५९, गण्डकीमा ९१, प्रदेश ५ मा १३२, कर्णाली प्रदेशमा ४९ र सुदूरपश्चिम प्रदेशमा ८१ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार