Nepal Face
  • आइतबार, १० साउन २०८३
  • योशिदे सुगा जापानको प्रधानमन्त्री बन्दै


    सोमबार, भाद्र २९ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जापानका नयाँ प्रधानमन्त्रीमा योशिदे सुगाको लगभग निश्चित भएको छ । सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेतामा निर्वाचित भएसँग उनी प्रधानमन्त्री बन्ने निश्चत भएको हो।

    जापानी सञ्चार माध्यमहरुले यसै साताको अन्त्यसम्म योशिदे प्रधानमन्त्री बन्ने जनाएका छन्। उनी प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषद्का प्रमुख सचिव थिए । स्वास्थ्यको कारण प्रधानमन्त्री आबेले राजिनामा दिने भनेपछि सत्तारुढ दलले नयाँ नेता छनोट गरेको हो।

    पार्टी नेतृत्वका लागि भएको चुनावमा उनले पूर्व रक्षामन्त्री सेगेरु इसिवा र पूर्व विदेशमन्त्री फुमिओ किशिदालाई पराजित गरेका छन्। योशिदे आबेको विश्वास पात्रको रुपमा रहेका थिए। उनलाई सत्तारुढ एलडीपीको दुई ठूल गुट आबेको होसोदा समूह र अर्थमन्त्री तारो असोको समूहले समर्थन गरेको थियो।

    पार्टी महासचिव तोसिहिरो निकाइले पनि यसअघि नै सुगालाई समर्थन गरेका थिए। कुनै पनि गुटमा संलग्न भएर प्रधानमन्त्री बन्न लागेका सुगा दुर्लभ नेता भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।

    सुगा जनता माझ निकै लोकप्रिय रहेका थिए। अब संसद्‍मा सुगालाई प्रधानमन्त्री बनाउने कि नबनाउने भनेर निर्वाचन हुनेछ। तर सत्ताधारी पार्टीको बहुमत भएकाले उनी प्रधानमन्त्री बन्ने निश्चित छ।

    आगामी वर्षको सेप्टेम्बरमा हुने मध्यावधि चुनावसम्म सुगाले प्रधानमन्त्री पद सम्हाल्नेछन्। एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार