काठमाडौं । मनसुन सुरु भएको साता दिन नपुग्दै जलविद्युत आयोजनाहरुमा झन्डै ८ अर्व रुपैयाँको क्षति पुगेको छ। पूर्वी नेपालमा आएको बाढीका कारण कुल ४६३ मेगावाटका १० वटा आयोजनामा यो परिमाणको क्षति भएको प्रवर्द्धक कम्पनीहरुले बताएका छन् ।
यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत आयोजनाहरुमा क्षति पुयाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्व रुपैयाँबराबरको क्षति भएको छ।
विद्युत उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा मात्रै ५० करोडबराबरको क्षति भएको छ। उत्पादनको चरणमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२।१ मेगावाट क्षमताको तल्लो हेवा खोलामा १ अर्व रुपैयाँको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए।
भौतिक हिसावले सबैभन्दा धेरै ४.७ मेगावाटको अपर पिलुवा-२ जलविद्युत आयोजनामा ९० करोडको क्षति भएको मेन्छ्याम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य दीपक खड्काले बताए । उनका अनुसार यो आयोजनाको हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउसलगायतका भौतिक संरचनामा पूर्ण रुपमा क्षति भएको छ।
आयोजना पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी लाग्ने देखिएको छ। त्यस्तै, १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुंगानाले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend