Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म टेण्डर हाल्न नपाउने


    सोमबार, भाद्र २९ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएका समयमा स्वास्थ्य सामग्री खरिदमा चरम अनियमित गरेको ओबीसीआई. (ओम्नी समूह) कालोसूचीमा परेको छ ।

    स्वास्थ्य सामग्री आयात गर्ने अनुभव नै नभएपनि पहुँचका आधारमा ठेक्का हात पारेको ओम्नी समूहलाई सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखेको हो । अत्यधिक महंगोमा गुणस्तरहीन स्वास्थ्य सामग्री ल्याएपछि सरकारकै चौतर्फी आलोचना भएको थियो । सोसँगै ओम्नीसँगको सम्झौता सरकारले एकतर्फी रूपमा रद्द गरेको थियो ।

    समयमा सामान ल्याउन नसकेको कारण देखाउँदै सम्झौता रद्द गरिए पनि ओम्नीसँग खरिद कार्यमा संलग्नको साँठगाँठ रहेको बताइएको थियो । 

    स्वास्थ्य सेवा विभाग टेकुको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कुनै पनि खरिद प्रक्रियामा सामेल हुन नपाउने गरी एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

    कोरोना महामारीसँग जुध्न स्वास्थ्य सामग्री खरिद गर्नेसम्बन्धी उक्त प्रक्रियाबारे संसद्को सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार