Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु


    सोमबार, भाद्र २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । वीरगञ्जमा कोरोना संक्रमणका कारण ५५ वर्षीया महिलाको मृत्यु भएको छ।  गण्डक कोभिड अस्पतालमा उपचाररत ती महिलाको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

    वीरगञ्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको। उनमा संक्रमण पुष्टि भने २२ गते भएको थियो।

    मृत्युपछि उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। मृतक महिलाको फोक्सो सम्बन्धी समस्या रहेको बताइएको छ।

    सोमबार मात्र देशभर थप चार जना संक्रमितको मृत्यु भएको छ। जसमा रुनपन्देहीमा दुई र धरान र चितवनमा एक-एक जनाको मृत्यु भएको हो। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३ सय ५० पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार