Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गम्भीर दुर्घटनामा परेका क्रिकेटर ललितलाई काठमाडौं ल्याउने तयारी


    सोमबार, भाद्र २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गम्भीर दुर्घटनामा परेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । अहिले उनी खतरा मुक्त रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । तर उनको कलेजोमा समस्या देखिएकाले त्यसको उपचार भने काठमाडौंमा हुने भएको हो । 

    यसअघि उनी सवार रहेको मोटरसाइकललाई धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से१ख १३२४ नंम्बरको ट्रकले ठक्कर दिएको थियो । भण्डारी चढेको म२प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्करका कारणले लड्दा क्रिकेटर भण्डारी र मोटरसाइकलमा सवार उनका भाइ करन ठगुन्ना पनि घाइते भएका थिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका २८ वर्षीय भण्डारीको शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । लगत्तै उनलाई धनगढीकै निसर्ग अस्पतालमा लगिए पनि सो अस्पतालले नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरेको थियो । ललितको सम्पूरण परीक्षण सोही अस्पतालमा भएको हो ।

    अस्पतालमा गरिएको सीटी स्क्यान अनुसार उनको टाउकोमा भने कुनै चोट देखिएको छैन तर दायाँ हात र खुट्टा दुवै भाँच्चिएका छन् । टाउकामा चोट नभएका कारण उनी खतरा मुक्त भएको चिकित्सकले बताए । 

    ललितसँगै दुर्घटनामा परेका करन ठगुन्नाकाे अवस्था सामान्य रहेकाे र उनकाे धनगढीमै उपचार भैरहेकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार