धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान–६ बस्ने पुरुष मृत्यु सोमबार राति भएको हो ।
उनललाई भदौ २६ गते उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । उनीमा कुनै दीर्घरोग नभएको बताइएको छ ।
भर्ना गरिएकै दिन प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो ।